पाकिस्तानमा आत्मघाती हमला, तीन प्रहरी अधिकारीसहित पाँचको मृत्यु

काठमाण्डौ, २५ वैशाख :

पाकिस्तानमा भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारी सहित पाँच जनाको ज्यान गएको छ ।

पाकिस्तानकाे लाहोरमा बुधबार विहान भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको लाहोरका प्रहरी प्रमुख डिआइजी अस्रफ अहमद खानले पुष्टि गरे ।

मुस्लिम समुदायकाे धार्मिक स्थल डाटा दरबार सुफिमा भएको आत्मघाती हमालामा १८ जना घाइते भएका छन् ।

घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको पाकिस्तानी अधिकारीले जनाएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि सन् २०१० मा भएको आत्मघाती हमलामा कयौंको ज्यान गएको थियो ।

शेयर गरौ

ताजा अपडेट