भारतमा लोकसभाका लागि आज पाँचौं चरणको मतदान शुरु

काठमाण्डौ, २३ वैशाख :

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ ।

यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान भइरहेकाे छ ।

पाँचौं चरणको चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ ।

यस चरणमा कूल ६७४ उम्मेदवार चुनावी मैदानमा छन् ।

यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् । पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ ।

शेयर गरौ

ताजा अपडेट