काठमाण्डौ, २३ वैशाख :
वर्तमान सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालले बताउनुभएको छ ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आइतबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. कोइरालाले दुई तिहाइको वर्तमान सरकारले एक वर्षको अवधिमा उल्लेख्य प्रगति गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो ।
उहाँले अहिलेको सरकारले नागरिकलाई पूरा गर्न नसक्ने सपना बाँडेको पनि आरोप लगाउनुभयो ।


