कान्ति लोकपथ दशैबाट सञ्चालन हुने, हेटौडा काठमाण्डौ अव २ घण्टा ३० मिनेट

हेटौडा २३ बैशाख । काठमाण्डौ हेटौडा जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक पाँच महिनापछि सञ्चालनमा आउने भएको छ ।
तराइ र राजधानी जोड्ने छोटो राजमार्गको अभाव भएको वेला यो सडक खण्डले धेरैलाई राहत मिल्ने भएको छ । हेटौडाबाट राजधानी जोड्ने अन्य राजमार्ग भएपनि छोटो दुरीको सडक भने थिएन । कान्ति राजमार्गमा साना तथा हलुका सवारी साधन सञ्चालनमा आएपनि ठुला साधन भने चलेका थिएनन् ।
आउदो दर्शदेखि ठुला सवारी साधनसमेत सञ्चालन गर्न मिल्ने गरी सडकको स्तरोन्नती भएको हो । ललितपुरको सातदोबाटो, चापागाँउ, भट्टेडाँडा हुँदै ३ नं. प्रदेश राजधानी हेटौंडा पुग्ने कान्ति राजमार्ग दशैबाट कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले जानकारी दिनु भयो । उहाका अनुसार अहिलेसम्म ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । मकवानपुरतर्फ झन्डै २ र ललितपुरतर्फ ४ किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ ।
अहिलेको जस्तरी काम छिटो भएमा तोकिएको समयमा हामीले निर्माण गर्न सक्नेछौ उहाले भन्नु भयो । अहिले बाटो फराकिलो पार्ने काम धमाधम भएको छ । ‘असोजमा सडक चौडा गर्ने काम सकिन्छ । सबै कालोपत्रे भने अर्को वर्षमा सक्ने लक्ष्य छ ।’
सडक कालोपत्रे गर्न ६ वटा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । बिनाकारण म्याद नथप्ने सडक विभागले नीतिपछि निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् । सडक निर्माणका लागि ३ अर्ब बढी रूपैयाँ छुट्याइएको जनाएको छ ।
यो सडक मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ४१ किमीको हुनेछ । अहिले चलिरहेको वैकल्पिक सडकबाट बल्खु (दक्षिणकाली, कुलेखानी हुँदै हेटौंडा पुग्न ३ घन्टा लाग्छ ।
हेटौंडालाई ललितपुरका ग्रामीण भेग हुँदै काठमाडौं उपत्यकासँग जोड्ने छोटो, भरपर्दो र वैकल्पिक लोकमार्गका रूपमा सो सडक बनाइएको सडक विभागले जनाएको छ । सडक कालोपत्रे भइसकेपछि सो मार्ग भएर हेटौंडा बढीमा साढे २ घन्टामा पुग्न सकिने खड्काले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट