प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाद्धारा विधेयक प्रमाणीकरण

हेटौँडा, २२ वैशाख  :

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशसभामा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।(रासस)

शेयर गरौ

ताजा अपडेट