चितवन २१ बैशाख । नेपाली चलचित्र वीर विक्रम २ आउदो जेठ ३ गते नेपालभर प्रर्दनमा आउने भएको छ ।
चलचित्रको टिमले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आउदो जेठ ३ गते एकै साथ देशभरीका सिनेमा हलहरुमा चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको छ । नेपाली चलचित्रमा फरक पनको प्रस्तुती रहेको वीर विक्रमले दर्शकको मन जित्न सफल हुने चलचित्रका निर्देशक तथा निर्माता मिलन चार्मले जानकारी दिनु भयो ।
पुरानो आफ्नो चलचित्र वीर विक्रमको सफलता पनि नयाँ कथा फरक प्रस्तुतीमा भाग २ ल्याएको जानकारी दिनु भयो । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रले सामाजिक विषय र प्रेम कथालाई स्थान दिएको उहाले बताउनु भयो । देश दौडाहामा निस्केको चलचित्रको टिमले चलि आएको अन्य चलचित्र भन्दा दर्शकलाई नयाँ स्वाद दिनेमा आफू विश्वस्त भएको नायक पल शाहले बताउनु भयो ।
अन्य चलचित्रमा भन्दा यसमा आफूले अझ शसक्त अभिनय गरेकाले दर्शकले मन पराउने उहाको विश्वास छ । अर्का नायक नाजिर हुसेन, नायिका वर्षा शिवाकोटी, चरित्र अभिनेता वुद्धि तामाङले दर्शकलाई चलचित्र हेर्दासम्म बाधेर राख्ने बताउनु भयो । चलचित्रको टिमले आजै साँझ नारायणी नदी किनारमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । चलचित्रको प्रमोसनमा आएको टिमले कसरी दर्शकलाई आफ्नो सिनेमा हेर्न हलसम्म आउन सक्छन् त्यो विषयमा ध्यान दिएर देश दौडामा निस्केको छ ।


