हरेक नागरिकले न्यायको अनुभुति गर्ने छ्न : मेयर श्रेष्ठ

चितवन २० बैशाख । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नगरका हरेक नागरिकले न्यायको अनुभुती गर्ने बताउनु भयको छ ।

आजबाट शुरु भयको मेलमिलाप सम्बन्धि तीन दिने पुनरताजगी कार्यक्रम को उदघाटनमा बोल्दै उहाले न्याय नपाउने हो कि भन्ने चिन्ता नलिन अनुरोध गर्नु भयो । नगर क्षेत्रमा आउने बिबादलाइ व्यबस्थित तरिकाले सम्पादन गर्ने भयकाले नागरिक सन्तुस्ट हुने बताउनु भयो ।

न्याय सम्पादनको लागि हरेक वडामा मेलमिलाप डेस्क खडा गरेकाले न्यायमा सबैको सन्तुस्टि बनाउने कोसिस हुने बताउनु भयो ।  कार्यक्रममा उप प्रमुख कमला भट्टराई वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट