नेपालमा लगानी गर्नुहोस प्रतिफलको ग्यारेन्टी हामी गर्छौ : प्रधानमन्त्री

काठमाडौं २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताउनु भयको छ ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गर्नु भयो  । दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताउनु भयो ।

शुक्रबार(आज) ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने बताउनु भयो  ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पार्नु भयो  ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान गर्नु भयो ।

उहाले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिएको पनि स्पष्ट पार्नु भयो । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको ओलीको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट