चितवन, ९ माघ । नेपाल महिला संघ चितवनको वुधबार बसेको बैठकले कार्यसमिति बिस्तार गरेको छ ।
महिला संघ चितवनकी अध्यक्ष पार्बती शाह ठकुरीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदाधिकारीहरुमा मनोनयन गरेको हो । महिला संघको बिधानको परिक्षेद ३ को धारा १० को उपधारा २ “ग” वमोजिम अध्यक्षमा निहित अधिकारको प्रयोग गरी उपाध्यक्षमा सरस्वती पौडेल, सचिबमा तारा गुरुङ् र सहसचिबमा शशी महत्तोलाई मनोनयन गरिएको हो ।
महिला संघ केन्द्रीय समिति र नेपाली काँग्रेस चितवनलाई बोधार्थ दिईएको सो पत्रमा अहिले मनोनित गरिएका पदाधिकारीबाट संघलाई चलायमान वनाउन मद्यत पुग्ने जनाईएको छ ।
