वैशाख १८,
बुटवल ।
गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसर पारि आज बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ जनाले रक्तदान गरेकाे कार्यक्रम संयोजक चिरञ्जिवी ज्ञवालीले जानकारी गराए ।
सो अवसरमा रक्तदातालाई कदर स्वरुप प्रमाण–पत्र प्रदान गरिएकाे थियोे ।
स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्य अनुसार ‘रक्तदान जीवनदान भन्ने नारा अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका सचिव बिर बहादुर क्षेत्रीले बताए ।


