रत्ननगर ९ माघ । रत्ननगर नगरपालिका ८ स्थित वगर टोलमा निर्माण गर्न लागिएको सामुदायिक भवनको आज सिलान्यास गरिएको छ ।
रत्ननगर ८ का वडाध्यक्ष विनोद वस्नेतको प्रमुख आतिथ्यतामा चित्रसेन सामुदायिक वनको तीन नम्वर टोलका संयोजक शिव प्रसाद आचार्यले भवनको सिलान्यास गर्नु भएको हो । वडा कार्यालय,लुमन्ती आवासका लागि सहयोग समुहको सहयोगमा एक तल्ले सामुदायिक भवन निर्माण गर्न लागिएको वगर टोल विकास संस्थाका अध्यक्ष दिलवहादुर लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा ६ लाख ५० हजार,लुमन्तीले १ लाख रुपैया वजेट विनियोजन गरेको छ । साथै चित्रसेन मध्यवर्ती सामुदायिक वनले समेत सहयोग गर्ने आश्वासन दिएको छ ।
विपदका वेला आश्रय लिनका लागि र अरु वेला सामुदायिक भवनको रुपमा प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको लुमन्तीका संयोजक सिंहवहादुर लामाले जानकारी दिनु भयो ।
२६ घरधुरी रहेको वगर टोल वुढीराप्ती किनारमै पर्छ । वर्षेनी बाढीका कारण त्यहाँ स्थानीय पीडित वन्दै आएका छन् । यसैबीच लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगर ११ स्थित पञ्चतेज ज्योती राष्ट्रिय आधारभुत विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ । बुधवार लुमन्तीका संयोजक सिंहवहादुर लामाले ३० हजार वरावरको सो प्रिन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलवहादुर गुरुङ,विद्यालयका प्रधानाध्यापक राम वहादुर मगरलाई हस्तान्तरण गर्नु भएको थियो ।


