रत्ननगरमा बालगृहको अनुगमन, मापदण्ड पूरा गर्दैनन् गृह

रत्ननगर ९ माघ । रत्ननगर नगरपालिकाले बुधवार नगर भित्र रहेका वालगृह मध्ये २ वटको अनुगमन गरेको छ ।
वडा नम्वर २ स्थित सानो घर र वडा नम्वर १५ स्थित कृपा नेपालको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सानो घरले सम्पुर्ण मापदण्ड पुरा नगरेको पाईएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत बाबुलाल रेग्मीले बताए । सानो घरमा १९ जना वालिका र १ जना वालक आवासीय रुपमा अध्ययन गरिरहेका छन् । बालबालिका अनुसार वस्ने सुविधा पर्याप्त नभएको,फोहोर भेटिएकाले सुधार गर्न सचेत गराईएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताउनु भयो । कृपा नेपाल नगरपालिकामा दर्ता नभएकाले गर्न भनिएको छ । रत्ननगर वडा नम्वर १० का वडाध्यक्ष एवंम् सामाजिक विकास समिति संयोजक केशव आचार्यका अनुसार नगर भित्र ११ वटा वालगृह रहेका छन् ।
बुधवार गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत रेग्मी, वडा अध्यक्ष आचार्य, रत्ननगर १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने,महिला तथा बालवालिका शाखा प्रमुख सुशिला वाग्लेसहित पत्रकारहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट