जलस्रोतको प्रयोग अन्तरपुस्ता समन्वात्मक तरिकाबाट हुनु पर्छ

चितवन १६ बैशाख । संघ÷प्रदेश सरकारले जलस्रोतको प्रयोग अन्तरपुस्ता समन्वात्मक तरिकाबाट गर्नु पर्नेमा जोड दिइएको छ ।
नेपालको जलस्रोतको विषयमा संविधानले यी सरकारले समन्वात्मक तरिकाले प्रयोग गर्नु पर्ने उल्लेख गरेकाले यसै अनुसार आफ्नो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइएको हो । सोमबार काठमाण्डौमा भएको संघीयतामा जलश्रोत विकास र व्यवस्थापन केन्द्र प्रदेश सम्वन्धी कार्यशाला कार्यक्रममा यस्तो बताइएको हो ।
कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संविधान अनुकुल कानुन निर्माण छिटो गरेर कार्यसम्पादन गर्नु पर्नेमा जोड दिनु भयो । उहाले जलस्रोतको विषयमा कानुनले भने अनुसार प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जलस्रोतको प्रयोग अन्तरपुस्ता समन्वात्मक मान्यतालाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो ‘जलस्रोत हाम्रो सम्पत्ति हो यसको प्रयोग अहिले मात्र होइन अन्तरपुस्ता हुनु पर्दछ ।’ नेपालको संविधानले संघ र प्रदेशको सहकार्यमा पानीको प्रयोग गर्नु पर्दद्ध भन्ने उल्लेख गरेकाले यस विषयमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले प्राकृतिक र जलस्रोतको प्रयोगका विषयमा संघ र प्रदेशले साझा रोडम्याप तयार पार्नु पर्ने बताउनु भयो । भारतको तामिल्नाडुमा कावेरी जलविभाग एकसय २६ वर्ष लामो भएकाले हुदा त्यस्ता कठिनाइलाई ध्यान दिएर नेपालले सहि रुपमा व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो । नेपालको जलस्रोतले नै आर्थिक समृद्धि हासिल गर्न सक्ने भएकाले यस विषयमा सबैको विशेष ध्यान जानु पर्ने बताउनु भयो ।
कृषि तथा प्राकिृतिक स्रोत समितिको आयोजनामा भएको कार्यक्रममा माननीय ऊर्जा मन्त्री वर्षमान पुन, अस्ट्रेलियाका पुर्व मन्त्री कार्लेनी, अस्ट्रेलियाका राजदुत पिटर वुड, कर्णाली प्रदेशका सभामुखलगायतले नेपालको जलस्रोतको महत्व र यसको प्रयोगमा अपनाउनु पर्ने विषयमा बोल्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट