भरतपुर, १५ वैशाख :
देउराली युवा समाज भरतपुर ३ को आयोजनामा २ दिने उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम आज ९आईतबार० सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं ३ को सहयोगमा तालिमको आयोजना गरिएको हो । ४० जना युवाहरुको सहभागी सो तालिममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी र नेपाल रेडक्रस सोसाईटी चितवनका उपसभापती विदुर के.सीले प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष चन्द्र मित्र पण्डित रहनुभएको थियो । युवाहरुको क्षमता विकासको उदेश्य सहित सो तालिमको शनिबार वडा सदस्य भरत लामिछानेले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्य ईन्दु पण्डित, सामुदायिक सेवा केन्द्र नारायणगढका उपाध्यक्ष महेश कुमार पौडेल, युवा समाजका सल्लाहकार प्रदिप वाग्ले, उपाध्यक्ष गुमान सिंह खड्का लगायतले बोल्नु भएको थियो । समाजका सचिव नविन रिजाले संयोजन गर्नुभएको तालिममा कोषध्यक्ष केदारनाथ गौतमले स्वागत गर्नु भएको थियो ।
कार्यक्रम देउराली युवा समाजका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षयतामा सम्पन्न भएको थियो ।


