इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४६ रनको जित हात पारेको छ ।
चेन्नईमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टिमलाई मुम्बईले १०९ रनमा प्याक गर्यो । जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ । आज राति ८ ः १५ बजे राजिस्थान र हैदराबाद बिच पतिस्पर्धा हुँदैछ ।


