चितवनको राप्तीमा बालअधिकार सम्वन्धी सचेतना जुलुस

चितवन १२ बैशाख । कानुनको पालना गरी बालअधिकारको रक्षा गरौ भन्ने नारासहित पूर्वी चितवनको अमृतपानी क्षेत्रमा सचेतना ¥याली निकालिएको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको युथ क्लव नारायणगढ अन्र्तगत बे्रटर ब्रिक नेपाल परियोजना द्वारा सञ्चालित कार्यक्रममा मजदुरका सन्तानलाई कक्षा सञ्चालन गरिएको छ । नेपालको प्रचलित कानुनमा विद्यालय उमेरका बालबालिकालाई शिक्षा दिनु पर्ने उल्लेख छ । सोही कानुनको पालना गरी आफ्ना बालबालिकालाई शिक्षा दिनु पर्छ भन्दै सचेतना जुलुस निकालिएको हो ।

राप्ती नगरपािलका वडा नं. ९ अमृतपानी बाट विभिन्बिन सन्हादेश मूलक प्लेकार्ड सहित निकालिएको ¥याली गाउँका विभिन्न टोल परिक्रममा गरेको थियो । स्थानीय सहकारी, आमासमूह, बन उपभोक्ता समिति, अमृतपानी आधारभूत विद्यालय, तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि रामकुमार सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलबहादुर पौडेल, सचेतना कृषि महिला सहकारीकी अध्यक्ष मिना गुरूङ, नवज्योति आमा समुह अध्यक्ष ज्ञानकुमारी ठकुरी, प्रहरी हवल्दार प्रकाश थापा जनकल्याण आमा समूह अध्यक्ष गंगा भण्डारी मालती महिला समूह अध्यक्ष शोभा कार्की बालकक्षा शिक्षक बिमला श्रेष्ठ, कमला भट्टराइ, सामाजिक परिचालक उषा लामालगायतले बालअधिकारको विषयमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम युथ क्लव नारायणगढका बेटर ब्रिक नेपाल परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र आचायर्ले सञ्चालन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट