चितवन समाचारडटकम , १२ बैशाख ।
चितवन घर जग्गा व्यवसायी संघका सचिव, चेम्वर अफ कमर्श चितवनका सदस्य सुदीप रेग्मीले भरतपुर महानगरपालिका वडा नम्वर २५ मा रहेको श्री आधारभुत बिद्यालय लेवरनगरमा अध्यनरत एक जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
कक्षा २ मा अध्ययनरत अनिशा विश्वकर्माको रेग्मीले अभिवाकत्व ग्रहण गर्नुभएको हो । विश्वकर्मालाई त्यस बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्दा लाग्ने सबै शुल्क रेग्मीले तिर्ने गरी आज विद्यालयमा आयोजीत एक औपचारिक कार्यक्रमका बिच अभिभावकत्व लिनुभएको हो ।
सो क्रममा रेग्मीले अनिशाको पठनपाठन शुल्क, पोशाक, किताव कापी, खाजा खर्च नियमित रुपमा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
बिपन्न परिवारकी बिश्वकर्मालाई रेग्मीको अभिभावकत्वले ठुलो राहत मिल्ने बिद्यालयका प्रधानाध्यापक अर्जुन बरालले बताउनुभयो ।
कार्यक्रममा सहयोगी दाताहरु सुदीप रेग्मी, धर्मराज खनाल, प्रभाव सहकारी लगायतले बिद्यालयलाई बिद्यार्थीहरुका लागी एक सय जोर जुत्ता, झोला हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल सापकोटा, महानगर कार्यपालिका सदस्य पार्वति विक लगायतले बिद्यालयलाई सहयोग पु¥याउने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।


