काठमाण्डौ, वैशाख १२ :
उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन र रुसी समकक्षी भ्लादिमीर पुटीनबीच आज पहिलो पटक औपचारिक भेटवार्ता हुँदैछ ।
रुसको सुदूरपूर्वी शहर भ्लादीभोस्तोभमा हुने भेटवार्ता कोरियाली प्रायद्धिपको समस्या सम्बन्धी गतिरोध अन्त्यको विषयमा केन्द्रित हुने रुसी राष्ट्रपतीय कार्यालय क्रेमलिनले जनाएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम निजी रेलमार्फत हिजै रुस पुगिसक्नु भएको छ ।
रुसमा आफ्नो आतिथ्यको प्रशंसा गर्दै उहाँले पुटीनसँगको भेटवार्ताले द्धिपक्षीय सम्बन्ध विस्तार र कोरियाली प्रायद्धिपको समस्या समाधानमा ठोस आकार पाउन सक्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।


