बहुविवाह गर्ने पक्राउ

भोजपुर, ९ माघ ।  बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो । विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँग विवाह गरेका थिए । जेठीपट्टि एक सन्तान पनि छन् । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

शेयर गरौ

ताजा अपडेट