इण्डियन प्रिमियर लिगमा आज पञ्जाब र बैगलोर बीच प्रतिस्पर्धा हुँने

काठमाडौं, ११ वैशाख :

भारतमा जारी इन्डियन प्रिमियर लिग (आई पी एल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पञ्जाब र बैगलोर बीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समयअनुसार राति ८ः१५ बजे बैँगलोरमा हुनेछ । बैँगलोर अङ्क तालिकामा पुछारमा रहेको छ भने पञ्जाब पाँचौ स्थानमा रहेको छ । जारी प्रतियोगिताको गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावाद विरुद्ध चेन्नई सुपर किङ्ग्स ६ विकेटले विजयी भएको छ ।

यो जितसँगै चेन्नई फेरि प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो । हिजोको हारपछि हैदरावाद चौथो स्थानमा पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट