श्रीलंका नरसंहारको जिम्मा आइएसले लियाे, हमला गर्नेको तस्विर सार्वजनिक

काठमाडौं, ११ वैशाख :

श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणको जिम्मेवारी लिएको इस्लामिक स्टेट आइएस समूहले हमलामा संलग्न भएकाहरुको तस्विर सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको तस्विरमा ८ जना आतंककारीहरु रहेका छन्। जसमध्ये १ जनाको मात्रै अनुहार देखिएको छ भने अन्यले कालो कपडाले मुख छोपेका छन् । ट्वीटर मार्फत तस्विर सार्वजनिक गर्दै आइएसले ती ८ जना ब्यक्तिहरुले नै श्रीलंकामा हमला गरेको जनाएको छ ।

श्रीलङ्कामा गत आइतबार भएका श्रृङ्खलाबद्ध बम आक्रमणमा ३ सय २१ जनाले ज्यान गुमाएका थिए । अन्य ५ सय जना घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृतकहरुको मंगलबार राष्ट्रिय शोकका माझ सामूहिक रुपमा अन्तिम संस्कार गरिएको थियो ।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ४० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । श्रीलंकामा अन्य अप्रिय घटना हुन नदिन भन्दै कफ्र्यू लगाइएको छ ।

श्रीलङ्काली सरकारका अधिकारीहरुले कुनै अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा श्रृं्रखलाबद्ध विस्फोट गराईएको भन्दै स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । (एजेन्सी)

शेयर गरौ

ताजा अपडेट