चितवन माघ ९ ।
चितवनमा जन्मेर काठमाण्डौमा बसोवास र अध्ययन गर्दै आएकी सुन्दरी मोडल नग्मा श्रेष्ठ म्युजीक भिडीयो र पर्फम्समा व्यस्त बनेकी छिन् । म्युजिक भिडियाको लागी प्रशस्त अफर आएका छन् । “समय टुंगो लाग्दैछ, छनौट गरेर विस्तारै सुटिङमा लाग्छु होला” उनले भनिन् अहिले केही स्टेज पफम्र्सको लागी रिहर्लसलमा व्यस्त वनेकी छु । पछिल्लो पटक उनले गायक डिजराज पौडेलको चाईना घुमौला वोलको म्युजिक भिडियोमा सुन्दर नृत्य एवम् अभिनय गरेकी छिन् । सुन्दरता, अभिनय क्षमता र ईमान्दारिताका कारण रंगमन्चमा उनी प्रिय पनि वन्दै गइरहेकी छिन् ।
किशोरअवस्थामै रहेकी मोडल श्रेष्ठ भविष्यमा सफल अभिनेतृ वन्ने अभिलाशा राखेकी छिन् । ‘मोडलिङ र अभनिय मेरो सानैदेखिको रुचि हो’ उनले भनिन् ‘अब करिअर पनि यसैमा बनाउने उद्देश्य लिएकी छु ।’ विज्ञापन, म्युजिक भिडियो र ¥याम्प मोडलिङ गर्दै आएकी उनी भन्छिन् ‘फिल्ममा जस्तोसुकै रोल पनि गर्न सक्छु ।’ करिब डेढ वर्षकै अवधिमा थुप्रै विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेकी छन् ।
