यातायात मजदुरको स्वास्थ्य परिक्षण,  ४६ मा मधुमेह, ५८ मा उच्चरक्तचाप

ललितपुर ८ बैशाख । सडक दुर्घटना न्युनिकरण राष्टिय अभियान अन्तरगत सवारीका चालक, सहचालकहरुको स्वास्थ्य परिक्षण थालिएको छ । शनिबार र आईतबार ललितपुरको लगनखेल बसपार्कमा शिविर सञ्चालन गरि मजदुरहरुको स्वास्थ्य परिक्षण सुरु गरेर अभियानको थालनी गरिएको हो ।
नेपाल मेडिसिटीको सहयोगमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरुलाई स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको हो । दुईदिनको शिविरबाट ५ सय २८ जना यातायात मजदुरहरुले सेवा लिएका थिए । शिविरमा उच्चरक्तचाप, मधुमेह, स्वासप्रश्वास, मुटुको चाल लगायत परिक्षण गरिएको थियो ।
निःशुल्क शिविरमा परिक्षण गरिएका मध्ये ४६ जनालाई मधुमेह (डाईविटिज) र ५८ जनामा उच्चरक्तचाप (प्रेसर) पाईएको स्टाफ नर्स पूर्णकला थापाले जानकारी दिनुभयो । परिक्षण गरिएको संख्याका आधारमा देखिएको परिणाम उच्च हो थापाले भन्नुभयो ।
सडकमा काम गर्ने यातायात मजदुहरु स्वस्थ रहनु अनिवार्य हुने भएकाले  शिविर सञ्चालन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । मजदुरहरुले समय निकालेर अस्पताल जान नसक्ने भएकाले बसपार्कमै स्वास्थ्य प्राविधिक बोलाएकाहौं यो सुरुवात हो अब देशभर स्वास्थ्य शिविर चलाउछौं अध्यक्ष राईले भन्नुभयो ।
तत्लो तहका जनतालाई लक्षित गरेर शिविर सञ्चालन गरिएकाले नेपाल मेडिसिटीको तर्फबाट सहयोग रहने महाप्रबन्धक बिजय रिमालले बताउनुभयो । अब अन्य शिविरहरुमा आंखा, मृगौला, मुटु लगायतमा निःशुल्क जांच गरिने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट