चितवन समाचारडटकम , माघ ८ ।
चितवनको राप्ती नगरपालिका वडा नम्वर १३ विकट पाहाडी स्थानमा चेपाङ वालिकाहरुमाथी आक्रमणमा संलग्न अझै पक्राउ परेका छैनन् । आईतवार दिउसो भएको घटना पछि फरार आक्रमणकारीको खोजी कार्य जारी रहेपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले बताउनुभयो ।
घटनामा घाईते भएका दुई वालिकालाई उपचारका लागी भरतपुर ल्याइएपछि सोमवार विहान प्रहरी निरिक्षक बसन्त आचार्यको कमाण्डमा गएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको शाहले जानकारी दिनुभयो । स्थानीयले गरेको अनुमान अनुसार दोषी मानसिक असन्तुलन भएको झण्डै ३० वर्षको ईन्द्र चेपाङ हुन सक्ने डिएसपी शाहले वताउनुभयो । “अत्यन्त विकट ठाँउ रहेछ, एउटा गुफा जस्तोमा त्यो ब्यक्तिले प्रयोग गर्ने गरेका भाडा वर्तन फेला परेको छ , मान्छे भेटिएको छैन ” – शाहले भन्नुभयो । प्रहरी टोली अझै घटनास्थल आसपासमा खोजीमा रहेको डिएसपी शाहले जानकारी दिनुभयो ।
यता दुवैजना वालिकाको भरतपुर अस्पतालमा उपचार चलिरहेको छ । जवरजस्ती करणीको प्रयासमा परेकी १६ वर्षिया वालिकाको मेडिकल रिपोर्टले करणी भने भएको नदेखाएको प्रहरीले जनाएको छ । उनी सहित अर्की १० वर्षिया वालिका पनि अस्पतालमै छिन् । कुटपिटवाट टाउकोमा गम्भिर चोट लागेको उनको भरतपुर अस्पतालको आईसीयुमा उपचार जारी छ । टाउको शल्यक्रिया पछि उनलाई आईसीयुमा राखिएको प्रहरीले जनाएको छ । वालिकाहरुको अवस्थामा सुधार हुदै गएको प्रहरीको भनाई छ ।
वालिकाको शल्यक्रिया र आईसीयु कक्षमा उपचार गर्ने व्यवस्था भरतपुर अस्पतालले निशुल्क मिलाएको छ । अस्पतालको सामाजिक सेवा ईकाई वाट उपलव्ध हुने औषधि पनि अस्पतालले निशुल्क ब्यबस्थापन गरेको छ । अन्य औषधि र कुरुवाका लागी आवश्यक पर्ने अतिरिक्त खर्च मितेरी फाउण्डेशन सामाजिक संस्थाले सहयोग गरेको पाइएको छ । सोही संस्थाका सदस्य एवम् चेपाङ वस्ती कान्दाका शिक्षक वालकृष्ण थपलियाले घाईते वालिकाहरुको हेरचाह गरिरहेका छन् ।
मितेरी फाउण्डेशनै सहयोगमा काठमाण्डौमा छात्रावास वसेर अध्ययन गर्दै आएका ती दुई वालिका विदामा घर आएका थिए । ती वालिका किनमेल गरेर घर फर्कने क्रममा धादिङ संग सिमाना जोडिएको पाहाडी ईलाका व्रादुमा आक्रमणमा परेका हुन् ।
यसैविच मितेरी फाउण्डेशनका अध्यक्ष एकल सिलवाले घटना भएको तीन दिन हुदा पनि दोषी पक्राउ पर्न नसकेकोमा दुख व्यक्त गर्नुभएको छ । यथाशिघ्र दोषी पक्राउ गरी कार्वाही गर्न र पिडित वालिकाहरुको पुनरस्थापनामा सहयोग गर्न सरकारसंग सिलवालले माग गर्नुभएको छ ।