अस्पताल परिसरकै शौचालयमा नर्सको शव झुण्डिएको अवस्थामा फेला

जनकपुर, ८ बैशाख ।
धनुषा जिल्लाको एक अस्पताल परिसरकै शौचालयमा नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।
ती नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ । धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीका अनुसार नर्स आलेले करिव राती १ बजेकोमा समयमा शौचालय भित्र चुकुल लगाई घाटीमा पासो लगाएको हुन सक्ने अनुमान गरिएको छ । शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

शेयर गरौ

ताजा अपडेट