भरतपुरको त्रिचोकमा मोटरसाईकल दुर्घटना, दुईजना घाईते

 

केशव पौडेल

चितवन समाचारडटकम, ८ बैशाख ।

भरतपुर महानगरपलिका वडा नम्बर १० त्रिचोकमा गएराती भएको मोटरसाईकल दुर्घटनामा दुईजना घाईते भएका छन् ।
राती १० ः ५० बजे रामपुरवाट भरतपुर आईरहेको ना ६३ प ६९५५ र ना ३५ प ६२०४ नम्वरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर खाँदा दुईजना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार दुबै मोटरसाईकल एउटै पोलमा ठोकिएका थिए ।
घाईते हुनेहरुमा ना ६३ प ६९५५ नम्वरको मोटरसाईकलका चालक भरतपुर महानगरपालिका वडा नम्वर १६ बस्ने २८ बर्षिय राजकुमार लामा र ना ३५ प ६२०४ नम्वरको मोटरसाईकलका चालक भरतपुर महानगरपालिका वडा नम्वर १६ बस्ने २० बर्षिय अशोक तामाङ रहेको प्रहरीले जनाएको छ ।
दुबैजनाको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

शेयर गरौ

ताजा अपडेट