“बाजेका पालामा खाद्यान्न निर्यात,हाम्रा पालामा आयात !अव कार्यशैली फेरौं”: प्रचण्ड

चितवन समाचारडटकम, ६ बैशाख ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको सपना पुरा गर्न अब नयाँ कार्यशैलीको खाँचो रहेको औल्याउनुभएको छ ।
प्रदेश नम्वर ३ प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आजवाट भरतपुरमा शुरु भएको लगानी सम्मेलनको उद्घाटन समारोहलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन भईसक्दापनि केही पुराना कार्यशैली थाती रहदा समृद्धिको अभियानमा अफ्ठ्यारो पारेको स्पष्ट पार्नुभयो ।

कर्मचारी तन्त्रको शैली पुरानो रहेको र त्यसले कतिपय काममा कठिनाई पुर्याएको प्रचण्डको संकेत थियो ।
“हामिले धेरै परिवर्तन गरेका छौ ,हाम्रा कर्मचारी तन्त्र को सोच परिवर्तन गर्नु छ । हिजोको कार्य शैली परिवर्तन गर्नु पर्छ । उनी हरुलाइ चलाउन न सक्नु राजनीति नेतृत्व को कम्जोरी होकि जस्तो लागेको छ । हिजो कस्तै कार्य शैलिले अब देश अगाडि बढ्दैन । त्यसैले कार्य शैली परिवर्तन गर्नु पर्छ । ” – प्रचण्डले भन्नुभयो ।


अहिले प्राप्त राजनीतिक उपलब्धि सामन्य नरहेको बताउदै उहाँले यो परिवर्तन गुणात्मक रहेकाले अव समृद्धिका प्रभावकारी काम अघि बढ्ने उल्लेख गर्नुभयो ।
सत्तारुढ दलका अध्यक्ष प्रचण्डले नीजि क्षेत्र संग सहकार्य गरेर सरकार अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । नीजि क्षेत्रलाई लगानीको वातावरण बनाउने कुरामा हामी प्रतिवद्ध छौं । “केही पुराना नियम कानुन र शैलीले समस्या पारेको पनि बुझको छु , नीजि क्षेत्र लाई सुरक्षित हुने वातावरण न बनाएसम्म बाहिरका लगानी गर्ने आउदैन । यहिँकालाई सुरक्षित पार्नु पर्छ । राजनितिक परिवर्तन भयो तर कानुन उहीँ राजाको पालामा जस्तो छ । यो सबै परिवर्तन गर्नेछौ ।”प्रचण्डले भन्नुभयो ।
आयातमुखी अर्थतन्त्रलाई बिस्थापित गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । बाजेका पालामा नेपालमा खाद्यान्न निर्यात भएको थियो तर आज अवस्था दयनीय रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नीजि क्षेत्रलाई उद्योगधन्दा र उत्पादनमा लगानी गर्न आह्वान गर्नुभयो । यसकालागि राज्यले बातावरण तयार पार्ने उहाँको भनाई छ ।


कार्यक्रममा पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले भ्रष्टचार न्युनीकरणमा सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । भ्रष्टचार न्युनीकरण भएमात्र समृद्धिको अभियान सफल हुने महतको भनाई थियो ।

शेयर गरौ

ताजा अपडेट