माइती नेपाल चितवनले ग¥यो पाँचसय ८२ जनालाई सिमानाबाट उद्धार

चितवन समाचार डटकम,
५ बैशाख । माइती नेपाल चितवनले गएको चौध महिनामा ५८२ जनालाई सिमानाबाट उद्धार गरी घर पठाएको छ ।
मानव बेचविखन विरुद्ध तथा सुरक्षित वसाइसराइ सम्बन्धी चेतनामुलक कार्यक्रममा कार्यालयले सो जानकारी दिएको हो ।
चेलिटेटी बेचविखन विरुद्ध काम गर्दै आएको माइती नेपालले जोखिममा रहेका २३ जना महिलाहरुलाई उद्धार गरी घर पठाएको चितवनका प्रमुख इश्वर गिरीले जानकारी दिनु भयो । सन् २०१८ र २०१९ मा कार्यालयले गरेको कामको विषयमा जानकारी गराउदै सो तथ्याङक सार्वजनिक गरेको हो ।
‘प्रलोभनमा पारेर विदेश पठाउने, काममा लगाइ दिने भन्दै बिक्रीका लागि लैजाने घटनाबाट बचाउने काम कार्यालयले गरेको छ ’ उहाले भन्नु भयो ‘ शंकास्पद अवस्थामा रहेका त्यस्ता महिलाहरुको खोजी गरी पारिवारिक मिलन समेत गराएका छौ ।’ परिवारसंग पुर्नमिलन गएको १४ महिनामा एकसय ६५ जनालाई गराएको जानकारी दिएको छ ।
त्यस्तै गरी कार्यालयले विभिन्न कारणले जोखिममा रहेकालाई बचावट गर्ने, सवारी साधनमा अनुगमन गर्ने, विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गर्ने, महिलालाई तामिल दिने, घरेलु हिंसामा परेकालाई समाधान गरी परिवारमा पुर्नमिलन गराउने जस्ता काम गरेको चितवन कार्यालयका प्रमुख गिरीले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट