भरतपुरमा कृषि सम्वन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनी हुने, उद्घाटन प्रचण्डवाट

चितवन समाचारडटकम, ८ माघ ।
चितवनको भरतपुरमा कृषि सम्वन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेश सोलुसन प्रालि र फ्युचुरेक्स फेयर एण्ड ईभेन्ट्सको संयुक्त आयोजनामा माघ ११, १२ र १३ गते भरतपुरको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।
यो तेश्रो संस्करणको प्रदर्शनी हो । कृषि क्षेत्रको समस्त विकास गर्ने उदेश्यले प्रदर्शनी गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो । प्रदर्शनीको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी १ सय ५० भन्दा वढी स्टलहरु रहने सोलुसनका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पोल्ट्रीका ८० , कृषि र डेरीका स्टलहरुको विधागत अलग अलग पेभेलियन रहने जनाइएको छ । कुखुरापालन, माछापालन, वाख्रा पालन, गाईभैसी पालन, डेरी लगायत कृषिका नविनतम औजार उपकरण, केरा खेती, थोपा सिचाई र विषादी रहित कृषिका वारेमा प्रदर्शनीमा तालिम तथा गोष्ठि समेत सञ्चालन हुने भट्टराईले बताउनुभयो ।
प्रदर्शनीमा प्रवेश निशुल्क राखीएको छ । देशभरवाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, सर्वसाधरण लगायतले अवलोकनका लागी प्रर्दशनीमा आउने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यस किसीमको प्रदर्शनीले कृषिको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट