जस्मिन पेन्ट्स प्रा.लि. भरतपुरले ल्याएको बम्पर उपहार योजनाको विजेता घोषित

चितवन, ३ वैशाख :

जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी ल्याएको बम्पर उपहार योजनाको विजेता घोषित गरेको छ । “ थाईल्याण्डको मज्जा जस्मिन पेन्ट्स ले घर रंगाउदा २०७५ ” अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपाने लाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ ।

न्यौपानेले तृतिय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार प्राप्त गर्नुभएको हो ।

पुरस्कार हस्तान्तरण जस्मिन पेन्ट्स प्रा .ली. का डाईरेक्टर मधुसुदन अर्यालले गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनिका डाईरेक्टर अर्यालले आगामी दिनमा ग्राहक बर्गलाई लक्षित गरी अझ नयाँ नयाँ तथा आकर्षक एबं प्रभावकारी उपहार योजना लिएर आउने बताउनु भयो ।

बि सं २०५१ सालमा स्थापना भएको उक्त कम्पनीले नेपाली बजारमा बिभिन्न साईज तथा कलरमा आफ्ना उत्पदनहरु ग्राहक समक्ष पुर्याउन सफल भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड हरु (-IntÚl BID Quality Achievement Award 2018, London /, Nepal Best Brand Leadership Award) समेत प्राप्त गर्न सफल भएको कम्पनीले ग्राहक , डिलर तथा पेन्टर लाई लक्षित गरी बिभिन्न उपहार योजना ल्याएको छ । उक्त उपहार योजनाहरुमा स्कुटी ,मोटरसाईकल तथा कार समेत कम्पनी प्रदान गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट