चितवन, ०१ बैशाख ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ को आइतवार वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
भवनको शिलान्यास गर्दै मेयर नारायण वनले सेवाप्रवाहलाई सहज बनाउन नगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीब्रता दिएको बताए । उनले सेवालाई सरल बनाउन सुचनाप्रविधिलाई जोड दिएको बताए ।
नगरपालिकाको ३० लाख र जिल्ला समन्वय समितिको २५ लाख गरी ५५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको वडाध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए ।
हरियाली टोलमा २ कठ्ठा २ धुर जग्गामा सभाहल सहित ६ कोठे दुई तलाको भवन निर्माण हुने उनले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य लीलादेबी पोखरेल,समाजसेवीहरु द्रोणप्रसाद लामिछाने,संगिता भट्टराई,पूर्व गाविस अध्यक्ष चन्द्रकान्त न्यौपाने,माध्यमिक विद्यालय माधवपुरका प्रधानाध्यापक वालकृष्ण उप्रेती,वडा सदस्य रामबहादुर लामा,वडा सचिव सन्तोष थापा लगायतले मन्तव्य राखेका थिए ।
वडाध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम शिवराज अर्यालले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा कार्यालय भवन निर्माणको लागि जग्गा प्रदान गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।


