भरतपुर, चैत्र ३० ।
म्यूजिक भिडियो झुटो होईन भन्ने बोलको गीत आईतबार सार्वजनिक हुने भएको छ । गायक अनिल राईको स्वर रहेको झुटो होईन, तिम्रो मान्छे म भाग २, बोलको गीत सार्वजनिक गरिन लागिएको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
आभास रानाको निर्देशन रहेको सो म्यूजिक भिडियोको सम्पादन सुबोध श्रेष्ठले गर्नुभएको हो । सो म्यूजिक भिडियोमा मुख्य कलाकारहरु आर्यन क्षेत्री र सुकु गर्बुजा रहनुभएको छ भने अन्य कलाकारहरुमा मन्दीप गुरुङ, प्रशान्त अधिकारी, जेन्नी घमाल, शंकर निर्देश, विजय तामाङ लगायतका रहेका छन् । म्यूजिक भिडियोको छायांकन भने आभास राना, शंकर निर्देश र सुनिल लामाले गर्नुभएको हो । करीब ७० हजारको लागतमा निर्माण गरिएको सो म्यूजिक भिडियो चितवन र नवलपरासीका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
फरक धारमा तयार गरिएको सो म्यूजिक भिडियो दर्शकले अवश्य मन पराउनेमा झुटो होईनको टिमले विश्वास लिएको छ ।


