पत्रकारको न्युनतम पारिश्रमिक सबै मिडियाले लागु गनुपर्छ : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष खतिवडा

 

चितवन समाचारडटकम

भरतपुर, २९ चितवन :

रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर ११ जागृति चोकमा रहेको धावन रिक्रियसनमा भएको कार्यक्रममा रेडियोका प्रवन्ध निर्देशक सुदिप सिंह अधिकारीले रेडियो त्रिवेणी हरेक जनताको मन मनमा रहेको भन्दै बैशाख १ गतेबाट उच्च स्तरिय प्रविधिका साथ प्रसारण हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रेडियोले जनतामाझ सुचना दिने भएकाले निष्पक्ष ढंगले समाचार प्रसारण गर्नु पर्ने बताउनुभयो । “ पत्रकारको न्युनतम पारिश्रमिक सबै मिडियाले लागु गर्नुपर्छ” उहाँले भन्नुभयो,“पत्रकार महासंघले यस विषयमा आवाज कडाईका साथ आवाज उठाएको छ ।” स्थानिय तहको विज्ञापन वितरण समेत समानुपातिक नरहेको उहाँले बताउनुभयो । “स्थानिय तह संचार माध्यमलाई अकुंश लगाउने नितिबारे सोच्छ तर पत्रकारको हक हित, समानुपातिक विज्ञापन वितरणमा भने अंकुश लगाउछ ।” कार्यक्रममा बोल्दै प्रेस चौतारी चितवन शाखाका अध्यक्ष तीर्थ नेपालले स्थानिय मिडिया र व्यवसायीको समन्वय आवश्यक रहेको बताउनुभयो । “कतिपय मिडिया अहिले धराप छन् स्थानिय मिडिया प्रवद्धन गर्न उद्योगी व्यवसायीले भुमिका खेल्नु पर्छ ।” उँहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीले रेडियो त्रिवेणीले अब समय सापेक्ष कार्यक्रमहरु लिएर आउनुपर्ने बताउनुभयो । कार्यक्रममा वर्ष २०७६ सालको क्यालेन्डर पनि लोकापर्ण गरिएको थियो । रेडियोका निर्देशक प्रकाश पौडेलले प्रमुख अतिथि खतिवडालाई क्यालेन्डर हस्तान्तरण गरि वर्ष २०७६ सालको क्यालेन्डर लोकापर्ण गरिएकोएको हो ।

कार्यक्रममा बोल्दै चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले वास्तममै मिडियासँग समन्वय अभाव रहेको बताउनुभयो । “अब छिट्टै सम्पुर्ण मिडियाहरुले व्यवसायीक प्रवद्धनको लागि छलफल गरि समन्वय गरौँ ।”उहाँले भन्नुभयो,“सबै व्यवसायीहरुको रहर आफ्नो व्यवसायको प्रोर्मोसन होस् भन्ने नै हुन्छ ।” कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिलाई रेडियोका स्टेशन म्यानेजर प्रवेश अधिकारीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त समारोहमा स्थापनादेखि नै रेडियोमा हालसम्म कुशल कार्यक्रम संचालन गरेको भन्दै शनिराज दराईलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनमा प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, प्रेस संगठनका केन्द्रिय सदस्य शालिग्राम नेपाल, प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टर जिल्ला शाखा चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोद बाबु रिजाल, प्रेस युनियन चितवनका सचिव प्रस्ताव सुवेदी, नेपाल आदिबासी जनजाती पत्रकार महासंघका संघिय सदस्य राजु चौधरी, नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधान लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रम रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट