खैरहनी, ७ माघ
डेजी इंग्लिस बाेर्डिङ स्कुलकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी असिम गुरुङलाई स्कुलकाे बर्ष खेलाडी २०७५ घाेषित गरिएकाे छ । कक्षा ८ मा अध्ययन गर्दा देखि नै उनले राम्राे खेल प्रदर्शन गर्ने गरेका थिए ।
स्कुल परिसरमा विद्यार्थी गुरुङको फाेटाे राखि उनलाई सम्मान गरिएकाे हाे । प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत सम्मान गरिएको स्कुलका प्रिन्सिपल प्रेमराज रिमालले जनाकारी दिनुभयाे । अर्काे वर्षदेखि डेजी स्पाेर्टस माेनियामा खेलेकाे अाधारमा फुटबल,क्रिकेट र कबड्डी बाट एक एक जना गरि तीन जना विद्यार्थी खेलाडीकाे फाेटाे वर्ष भरि राखेकाे छ ।
विद्यार्थीकाे शैैैैक्षिक ज्ञान सँगै क्षमता विकासमा यस् सम्मानले फाईदा पुग्ने प्रिन्सिपल रिमालकाे विस्वास रहेकाे छ ।
सम्मानित गुरुङले जिल्लामा भएकाे जिल्ला स्तरिय फुटबल खेल प्रतियोगितामा चर्चित खेलाडीकाे रुपमा अाफ्नाे क्षमता प्रदर्शन गरेका थिए ।


