चितवन समाचार डटकम,
चितवन २८ चैत । आठ कक्षाको परीक्षामा भरतपुर महानगरपालिकामा तीन जना विद्यार्थीले उत्कृष्ट समान जीपीए ल्याउन सफल भएका छन् ।
पोलार स्टार इङ्लिस स्कुल, वाल्मिकी शिक्षा सदन र लक्ष्मी मावि लंकुका विद्यार्थीले उत्कृष्ट ४ जीपीए ल्याउन सफल भएको महानगरपालिका शिक्षा प्रमुख बाबुराम दवाडीले जानकारी दिनु भयो । महानगरपालिकामा स्तरीय परीक्षामा उत्कृष्ट अंक ल्याएर परीक्षा पौडेल प्रथम भएको पोलार स्टार इङ्लिस स्कुलका प्रिन्सिपल दयानिधि अर्यालले जानकारी दिनु भयो ।
४ जीपीए ल्याउनेमा लक्ष्मी माविका अनुसिया घिमिरे र बाल्मिकी शिक्षा सदनका एक छात्र रहेका छन् । ४ जीपीए ल्याउन भनेको धेरै उत्कृष्ट अंक हो प्रमुख दवाडीले भन्नु भयो ।
भरतपुर महानगरपालिका वडा नं. ८ गौरिगञ्जको पोलार स्टारबाट ६५ जना विद्यार्थीले आठ कक्षाको परीक्षामा सामेल भएकोमा एक जना ४ जीपीए, १७ जना ए प्लस, २९ जना ए, १३ जना वी प्लस र ६ जनाले वी ग्रेट ल्याउन सफल भएका छन् । पोलार स्टारबाट गएको वर्षमा पनि एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएको थियो । विद्यार्थीको पढाइमा विशेष ध्यान दिएर काम गरेको र विद्यार्थीको पनि मेहनतले सफल भएको प्रिन्सिपल अर्यालले बताउनु भयो ।


