चितवन समाचार डटकम, २७ चेैत ।
केन्द्रीय अमर प्रहरी महिला सङ्घकाे आयाेजनामा बीरगती प्राप्त प्रहरीलाई सरकारले सहिद घाेषणा गरेकोे सन्दर्भमा भरतपुरमा अाज दीप प्रज्वलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा भएको कार्यक्रममा अमर प्रहरीका परिवारजन सहभागी भई दीप प्रज्वलन गरेका थिए ।
सङ्घकि अध्यक्ष सरस्वती पाैडेलकाे अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहकाे प्रमुख अातिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा सम्वाेधन गर्दै प्रहरी नायव उपरीक्षक शाहले नेपाल प्रहरी सधै अमर प्रहरीकाेे सम्मान र परिवारजनकाे साथमा रहेकाे बताउनुभयो । कार्यक्रममा प्रनाउ दुर्गाराज रेग्मी, पुर्व प्रहरी सङ्गठनका वरिष्ठ उपाध्यक्ष कृष्ण कार्की लगायतले मन्तव्य राख्नुभयाे । सरकारले बीरगती प्राप्त प्रहरीलाई सहिद घाेषणा गरेर परिवारजनमा अात्मवल बढाएकाे चितवनकि सचिव रुकमाया अधिकारीले चितवनसमाचार डटकम सङ्ग बताउनुभयो ।


