स्वास्थ्य सेवाका चौथोदेखि सातौं तहका कर्मचारीको समायोजन

काठमाडौं २७ चैत । संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका ४ देखि ७ औं तहका कर्मचारीको समायोजन सूची सार्वजनकि गरेको छ । मन्त्रायले मंगलबार स्वास्थ्य सेवाका ४,५,६ र ७ औं तहका कर्मचारीको समायोजनको सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले सातौं, छैटौं र सहायक पाँचौं तहको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह जनस्वास्थ्यका कर्मचारी, ४, ५ र छैठौं तहका अनमी, ल्याब असस्टिेन्ट, मेडकिल रेकर्डर, अधकिृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनयिर मेडकिल रेकर्ड असिष्टेन्ट, ६,५ र ४ औं तहका अहेब, अधकिृत सातौं, छैठौ र सहायक पाँचौं तह स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर र ७, ६ र ५औं तहका एनेस्थेटकि सहायक लगायतकाो सूची सार्वजनकि गरेको हो ।

मन्त्रालयले ७ औं तहका केही र ८,९,१० औं तहका कर्मचारीको समायोजन सूची गत साता नै सार्वजनकि गरिसकेको थियो। अब स्वास्थ्य तर्फको ११ र १२ औं तहका कर्मचारीको समायोज सूची सार्वजनकि हुन बाँकी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट