बन्द भएको चारवर्षपछि तातोपानी नाका सञ्चालनमा आउने

काठमाण्डौ २७ चैत । चारवर्ष अघि आएको विनासकारी भुकम्पको कारण बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउन भएको छ ।
२०७२ साल वैशाख १२ गते आएको भुकम्पले नेपाल र चीन जोड्ने मितेरी पुल भत्काएपछि नाका बन्द भएको थियो । पुलसंगै सडकमा समेत भुकम्पले क्षती पार्दा सवारी साधन सञ्चालनमा समस्या आएको थियो । भत्को ठाउमा पुल निर्माण तथा सडक निर्माणको काम अन्तिम चरणमा रहेकाले नाका आउदो जेठबाट सञ्चालनमा आउने भएको हो ।
तातोपानी नाकाको अवस्था जानकारी लिनको लागि स्थलगत निरिक्षणको लागि पुग्नु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जेठबाट सञ्चालनमा आउने जानकारी दिनु भयो । मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ । त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ ।
तीन चरणमा २४ घण्टा काम भइराखेकाले जेठ १७ गतेबाट नाका सञ्चालनमा ल्याइने मन्त्री महासेठले भन्नुभयो । यो नाकासम्म पुग्न अहिले पनि अरनिको राजमार्गमा कहीँ पनि बाधा अवरोध छैन । नेपाल र चीनको सीमानामा रहेको ‘मितेरी पुल’ को निर्माण सकिने वित्तिकै चीनले सो पुल नेपाललाई हस्तान्तरण गर्ने छ । जेठ महिनामा पुल हस्तान्तरण गरेपछि नाका सञ्चालन गर्ने तयारी भएको उहाले बताउनु भयो ।
निरीक्षणको लागि गएको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ तथा मित्रताको प्रतीकका रुपमा रहेको तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग बारम्बार आग्रह गरिँदै आएको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट