चितवन २६ चैत । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानुन निर्माणको विषयमा सवै चनाखो र सक्रिय हुनुपर्ने बताउनु भएको छ ।
कानुन बनाउने जिम्मेवारी पाएका विधाएक तथा सांसदहरु नै छलफलमा राखिएका कतिपय ऐन, नियमहरुमा सक्रिय सहभागिता नजनाउने हुँदा समस्या हुने गरेको बताउनु भयो । चितवन बार इकाईको आयोजनामा आज भएको प्रशिक्षण कार्यक्रममा कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण दिँदै उहाले कानुन सवैको चासोको विषय भएकाले कानुन बनाउनेदेखि सामान्य नागरिकसम्मले यसको जानकारी राख्नु उपयुक्त हुने बताउनु भयो । ‘कानुन जान्दिन र मान्दिन भन्न पाइदैन त्यसैले सवैले वुझ्नु आवश्यक छ, सांसद पोखरेलले भन्नु भयो ।
कार्यक्रममा बोल्दै चितवन बारका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले कानुनको विषयमा जानकार रहे पनि अधिवक्ताहरुलाई सांसदको प्रशिक्षणको थप उर्जा मिलेको बताउनु भयो । कार्यक्रम प्रशिक्षण समितिका संयोजक समेत रहेका पूर्व अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


