भरतपुर, २५ चैत :
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको १० औँ वर्ष, १० औँ वाार्षिकोत्वस विविध कार्यक्रमका साथ मनाइको छ । सो अवसरमा सोमबार विहान सरसफाई तथा सचेतना अभियान , अन्र्तक्रिया , नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान भित्ते पात्रो विमोचन दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गुमान सिंह खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघ लिमिटेडका केन्द्रिय लेखा समिति सदस्य तारा गुरुङ, सगुन साकोसका अध्यक्ष तोयनाथ चालिसे, चौतारी साकोसका अध्यक्ष कृष्ण पुरी, धारापानी साकोसका कोषाध्यक्ष टिकाराम कंडेल, चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दिर्घमान श्रेष्ठ , बाह्राघरे टोल विकास संस्थाका अध्यक्ष महेश कुमार पौडेल,बाह्राघरे आमा समुहकी अध्यक्ष लक्ष्मि भण्डारी सप्तरंगी महिला समाजको अध्यक्ष शान्ता लामा, बाह्राघरे व्यवसायी संघका अध्यक्ष भिष्म लम्साल, दुर्गा भगवती मन्दिर समितिका अध्यक्ष वाल चन्द्र वाग्ले, संस्थाका सल्लाहकारहरु सुदिप वाग्ले, होमनाथ लम्साल, प्रदिप वाग्ले लगायतले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष अर्जुन अधिकारीको संयोजनमा भएको कार्यक्रममा सडक बाल बालिका पुन स्थापना केन्द्र,हाम्रो घरलाई ५ हजार १ सय र शेयर सदस्यका छोरा छोरीबाट रोहित वोटेलाई शौक्षिक प्रोत्साहान स्वरुप नगद सहित सम्मान गएिको थियो ।
२०६६ सालमा स्थापित संस्थाले छ करोड भन्दा तल कारोबार गर्ने संस्थाहरु मध्येबाट गत वर्ष तृतिय र यस वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पनि सम्मानित भएको थियो ।
६ सय भन्दा बढि शेयर सदस्य रहेको सो संस्थाले विभिन्न तालिम गोष्ठी सेवामुलक, आयमुलक कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका सचिव नविन रिजालले बताउनुभयो ।


