चितवन २५ चैत । मदन भण्डारी फाउण्डेशन चितवनले भरतपुरमा आज रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा एकसय २० जान पुरुष र ३४ जना महिलागरी एकसय ५४ जाले रक्तदान गरेका थिए । फाउण्डेशनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु सुवेदीको संयोजनमा चौविस कोठीमा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराइ सहित केशव रेग्मी, रामप्रसाद न्यौपाने लगायतले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नेकपा नेता देवी ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । वारा र पर्सामा आएको हावाहुरीको कराण घाइते भएकाहरुको लागि सहयोग गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशनले जनाएको छ ।


