चितवन मेडिकल कलेजले महिलालाई ओपीडी टिकट निःशुल्क गर्ने

चितवन २४ चैत । चितवन मेडिकल कलेजले  महिलालाई ओपीडी टिकट निःशुल्क गर्ने भएको छ ।
आइतबार अस्पतालमा फटिलिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर)को उद्घाटनका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलालाई टिकट निःशुल्क गराउन आग्रह गरेपछि अस्पताल सकरात्मक भएको थियो । चितवन मेडिकल कलेजले मध्य क्षेत्रकै जन समुदायलाई सेवा पु¥याएको भन्दै निसन्तान बाबु–आमाहरुका लागि बर्थिङ्ग सेन्टर सहयोगी बन्ने बताउनु भयो ।
चितवन मेडिकल कलेजका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रा.डा. हरिसचन्द्र न्यौपानेले उपचारका लागि आउने माहिलालाई पहिलो चरणमा प्रसुती विभागमा लाग्ने ओपीडी टिकट निःशुल्क गर्ने बताउनु भयो । क्रमश अन्य विभागमा पनि महिलाका साथै पुरुषहरुलाई समेत ओपीडी टिकट निःशुल्क गर्दै लैजाने जानकारी दिनुभ यो । ‘यो हाम्रो सुरुवात हो, सबैलाई ओपीडी टिकट निःशुल्क गरी धेरैलाई सेवा दिने हाम्रो लक्ष्य हो ।’ छिट्टै यस सम्बन्धी भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच सम्झौता हुने र सोही मितिदेखि यो सेवा प्रवाह गरिने न्यौपानेले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट