हुरी प्रभावितलाई उवासङ्घ चितवनकाे सहयाेग

चैत्र २४ , चितवन ।
बारा र पर्सा जिल्लामा गएको भिषण आँधिको चपेटामा परेका पिडितहरुलाई उद्योग वाणिज्य संघ-चितवनको संयोजकत्वमा पाँच लाख एक हजार पाँच सय नेपली रुपैयाँ बराबरको खाद्यान्न , भाडाकुडा , लत्ता कपडा, खाना पकाउने चुल्हो लगायतका जिन्सी सामानहरु सहयोग गरिएको छ ।
उवासंघ-चितवनको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक शिवप्रसाद ओझाको संयोजकत्वमा नारायणगढ, भरतपुर क्षेत्रका उद्योगी, व्यवसायी, संघमा आवद्ध विभिन्न वस्तुगत संघहरुबाट स्वत स्फुर्त रुपमा उपलब्ध गराईएको रकमबाट उक्त राहत उपलब्ध गराईएको हो ।
संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा राहत वितरणका लागि गएको टोलीले गत २३ गते शनिबार जिल्ला प्रशासन कार्यालय बाराको रोहबरमा बारा जिल्लाको पर्सौनी गाउँपालिकाकी उपाध्यक्ष गीता साहलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।
यस मानविय कार्यमा साथ र सहयोग हर्नु हुने सम्पुर्ण उद्योगी, व्यवसायी, संघ-संस्था, विभिन्न वस्तुगत संघ र राहत संकलनमा खटिने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदै अध्यक्ष प्रधानले यस किसिमको कार्यले मानवियता र राष्ट्रिय एकता मजुबुत हुने विश्वास ब्यक्त गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट