चितवन, माघ ७ ।
नेकपाकी महिला नेतृ एवम् राष्टिय सभाकी सदस्य पार्वती रावलले चितवनको विकट पाहाडी क्षेत्रका चेपाङ वालिकाहरु माथी जवरजस्ती करणीको प्रयास गर्दै कुटपीट भएको घटनाले आफुलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।
सञ्चारकर्मी संग कुराकानी गर्दै साँसद रावलले पीडित वालिकाको उपचारमा कुनै कसर वाँकी नराखी आवश्यक परे राजधानी काठमाण्डौ लैजान माग गर्नुभएको छ ।
उहाँले तत्काल अपराधीलाई पक्राउ गरी कानुन वमोजीम कार्वाही गर्न र चिकित्सकको रिपोर्ट सार्वजनिक गर्न माग गर्नु भएको छ । करणी भएको हो वा होईन यसवारे शिघ्र विवरण वाहिर आउनुपर्ने साम्सद रावलको धारणा छ । अपराधिलाई मानसिक असन्तुलन भएको भनेर आँशका गरेकोमा असन्तुष्टि व्यक्त गर्दै रावलले खेदी खेदी जवरजस्ती करणी गर्न खोज्ने ब्यक्ति त्यस्तो हुन नसक्ने दावी गर्नुभयो । जो कोही होस् कडा कारवाही हुनुपर्छ , रावलले भन्नुभयो । आजको संसदमा विशेषसमय लिएर यसवारे सरकारको ध्यानाकर्षण गराउने योजना रहेपनि प्रतिपक्षको सदन अवरोधको कारण संभव नभएको रावलले जानकारी दिनुभयो ।
धादिङ जिल्लासंगको सिमा संग जोडिएको पाहाडी ईलाका राप्ती नगरपालिका १३ ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणीको प्रयास र कुटपिट भएको हो । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुवैजनाको भरतपुर अस्पतालमा उपचार चलिरहेको छ ।