चितवन २४ चैत । चितवनको भरतपुरमा रहेको मिसन इन्ष्टिच्युट अफ टेक्नोलोजीले एसइइ दिएका विद्यार्थीको लागि आज निःशुल्क सेमिनार गरेको छ ।
एसइइ दिएपछि कुन विषय अध्ययन गर्ने, नेपाली बजारमा कस्तो विषय पढेकाको माग छ भन्ने बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । नेपाली तथा विदेशी बजारमा अध्ययन गर्न जानको लागि उत्कृष्ठ अंक नल्याएका विद्यार्थीको भविश्य राम्रो हुदैन । एसइइ पछि विज्ञान विषय अध्ययन गर्नको लागि प्रवेश परीक्षा पास गर्नु पर्दछ । त्यही परीक्षा पास गर्न व्रिज कोर्ष पढ्ेमा सजिलो हुने शिक्षक संजय क्षत्रीले भन्नु भयो ।
एसइइपछि खाली रहेको समयमा तयारी कक्षा पढ्नाले विद्यार्थीको आउदो शैक्षिक भविश्य उज्जवल हुने सिटीइभिटीका प्राविधिक अधिकृत निरज भट्टले बताउनु भयो । मिसनमा अहिले स्टाफ नर्सको लोकसेवाको तयारी कक्षा, नायव सुब्बा, एसइइ पछि प्राविधिक विषय अध्ययन गर्न र विज्ञान विषय अध्ययन गर्नको लागि तयारी कक्षहरु सञ्चालन भइराखेको छ ।


