भरतपुर लायन्सद्वारा मानवसेवा आश्रमलाई एकलाख रुपैयाँ सहयोग

चितवन समाचारडटकम, २० चैत ।

लायन्स क्लव अफ भरतपुरले चितवन मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बेवारिसे अवस्थामा भेटीने असाहयलाई संरक्षण दिदैं आएको आश्रमलाई सञ्चालन सहयोगका लागी क्लवले बुधवार एकलाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
भरतपुरको शरदपुरमा रहेको आश्रम परिसरमा क्लवद्वारा आयोजीत एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथी लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ बि टु नेपालका ईलेक्ट सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट, सिनियर डिस्ट्रिक्ट एडभाईजर हरिप्रसाद घिमिरे, क्लवका संस्थापक अध्यक्ष दिपककुमार राना, अध्यक्ष बसन्तराज पौडेल, प्रथम उपाध्यक्ष अनुजराज पन्तले संयुक्त रुपमा आश्रम सञ्चालक बिनोद ढकाललाई सहयोग हस्तान्तरण गर्नुभयो ।


क्लवका सदस्य रेगन पन्त र सरस्वती पन्तले सहयोग रकम उपलब्ध गराउनुभएको थियो ।
कार्यक्रममा संवोधन गर्दै ईलेक्ट सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर भट्टले मानवीय सेवामा लाग्ने लायन्सको बिश्वव्यापी अभियानमा यस क्लवले गरेको कार्यक्रमले ईटा थप्ने काम गरेको बताउनुभयो ।

उहाँले आपत बिपतमा, समस्यामा परेका मानिसहरुलाई पनि लायन्स क्लवहरुले सधैंझै बारा पर्साको घटनामा पनि मद्धत पुर्याएको बताउनुभयो । यहाँका लायन्स सदस्यहरुले उठाएको चारलाख रुपैयाँ सहयोग वारा पर्साका हावाहुरी पीडितलाई दिइएको जानकारी गराउदैं लायन्स अन्तराष्टिय वाट दशलाख रुपैँया सहयोग स्विकृती भएको उल्लेख गर्नुभयो ।


अध्यक्ष पौडेलको सभापतित्व, प्रथम उपाध्यक्ष पन्तको संयोजकत्वमा भएको कार्यक्रममा क्लवका नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा जोन चेयर पर्सन सुरज पाठक, क्लवका पूर्वअध्यक्षहरु बिनय खतिवडा, माधव पोखरेल, दिनेशचन्द्र न्यौपाने, लियो कलव अफ भरतपुरका अध्यक्ष बिकास कार्की लगायत उपस्थित रहनुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट