नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा राहत वितरण

वीरगञ्ज, १९ चैत  :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गर्नुभएको छ । हावाहुरीबाट प्रभावित सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा वाइसिएलका तर्फबाट उपलब्ध सो राहत सामग्री अध्यक्ष दाहालले आज वितरण गर्नुभएको हो ।

सो राहत सामग्रीमा दाल, चामल, च्युरा लगायतका खाद्यानहरु रहेको थियो । अध्यक्ष दाहालले प्रदेश सरकारले पीडितलाई दिएको तीन लाख राहतमा नेकपा पार्टीका तर्फबाट थप पाँच लाख थप्ने जानकारी गराउनुभयो । उहाँले सङ्कटको यस घडीमा सबै नेपाली एक भई सहयोगका लागि अगाडि बढ्न आग्रह गर्नुभयो ।

यसैगरी उहाँले हावाहुरीबाट भत्किएका घरहरु सरकारका तर्फबाट निर्माण गरिने बताउनुभयो । यसअघि हावाहुरीबाट घाइते भई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेको अवस्थाबारे अध्यक्ष दाहालले जानकारी लिनुभएको थियो ।(रासस)

शेयर गरौ

ताजा अपडेट