रवि लामिछाने र निकीता पौडेल विच विवाह

माघ ७, चितवन ।
पत्रकार रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकीता पौड्याल विवाह वन्धनमा वाधिएका छन् ।
लामिछाने र पौडेल बिच कानुनी विवाह भएको हो । केही समय अघि २५ वर्षे लामो वैवाहीक जिवन टुंगाई सम्वन्ध विच्छेद गरेका लामिछाने पारिवारिक सम्वन्धमा तनाव पूर्ण चर्चामा थिए ।
गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकीताले पनि ७ वर्ष अघि डिभोर्स गरेकी थिईन् । टेलिभिजनमा नयाँ शैलीको कार्यक्रम सञ्चालन गरेर चर्चाको शिखरमा रहेका रविका पछिल्लो समय लाखौ प्रशंसक छन् ।
अदालती विवाह पछि रविले आफ्नो स्टाटसमा लेखेका छन्, “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”

शेयर गरौ

ताजा अपडेट