भरतपुर, १८ चैत :
चितवनका उद्योगीहरु उर्जामा लगानी गर्न ईच्छुक देखिएका छन् ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका संचालक एवम् प्रवद्धकहरुको स्वागत तथा प्रस्तुतीकरण एवम् अन्र्तक्रिया कार्यक्रम आज नारायणगढमा सम्पन्न भएको छ ।
श्री मोदि जलविद्युत आयोजनामा सन्दर्भमा भिजन लुम्बिनीले लगानी कर्ताहरुका लागि आयोजना गरेको उक्त प्रस्तुतीकरण एवम् अन्र्तक्रिया कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेल, कम्पनीका संचालक एवम् आयोजना संयोजक ईन्जिनीयर लेखनाथ पाण्डे,संचालक डा. दिपक शाक्य,चौतारी लघुविक्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण प्रसाद घिमिरे,चार्टड एकाउन्टेड प्रमोद पन्थी, कार्यकारी सचिव एवम् सचिवालय प्रमुख मनोज पौडेल,उद्योग वाणिज्य संघ चितवनका सदस्य सोमप्रसाद काप्री, सिरिस पन्त, यम बहादुर वि.क, त्येसैगरी यू टेक कलेजका प्रिन्सिपल बाबुराम उपाध्यय, यू टेक कलेजका डाईरेक्टर चुडामणी खनाल लगायतले आफ्नो धारणा व्यक्क्त गर्नु भएको थियो ।
समयको माग र आवश्यकता, शिक्षा स्वस्थ्य कृषि अर्थ तथा वित्त,पर्यटन व्यापार र व्यवसाय संचार र जलविद्युत तथा उर्जामा सामुहिक लगानी गर्ने उद्देश्यका साथ वि.स २०७३ सालमा स्थापित भएको भिजन लुम्बिनीले एति बेला पोखरामा सेति मोदि जलविद्युतको प्रोजेक्ट अगाडी बढाएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य सुदिप सिंह अधिकारी र आयोजनाको विषयमा सम्पुर्ण जानकारी आयोजना प्रमुख ईन्जिनीयर लेखनाथ पाण्डेले गर्नु भएको थियो ।
त्यसै गरि फाईनान्सियल जानकारी चार्टड एकाउन्टेड प्रमोद पन्थीले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले कम्पनी स्थापना गर्नुको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले आयोजनाका विषयमा विभिन्न जिज्ञाशाहरु राख्नुका साथै लगानीका बारेमा इच्छा समेत राखेका थिए ।
भरतपुर ११ जागृती चोकमा रहेको धावन रिक्रियसनमा भएको कार्यक्रमको सहजिकरण अर्जुन अधिकारीले गर्नु भएको थियो ।


