चितवन समाचार डटकम
१८ चैत । पर्यटन वर्ष स् २०२० लाई सफल बनाउनको लागि गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष २०१९ बनाइरहेको छ ।
आन्तरिक पर्यटन वर्ष सफल बनाउन पोखरेली टोलीले चितवन आएर सबैलाई आग्रह गरेको छ । पश्चिमाञ्चल होटल संघ पोखराको नेतृत्वमा आएको टोलीले यहाँका पर्यटनसंग सरोकार राख्नेहरुलाई निम्ता दिएको छ । आन्तरिक तथा वाह्य पर्यटकको लागि काठमाण्डौ, पोखरा, चितवन जोडिने भएकाले यहाँ आएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भन्नु भयो ।
‘काठमाण्डौको मठमन्दिर, पोखराको हिमाल ताल, चितवनको निकुञ्ज गैडा विश्वमा चर्चित छ’ उहाले भन्नु भयो ‘ हाम्रा यही प्रकृतिका उपहारलाई विश्वसामु चिनाउनु छ ।’ आफ्नै देशमा भएका प्रकृतिका उपहारलाई नचिनेर विदेश जाने नेपाली, विदेशमा रहेका पर्यटकलाई नेपालको अनुपम उपहार देखाउनको लागि आयोजना गरेको उहाले बन्नु भयो ।
चितवन आएको टोलीले पोखरा, जनकपुर, चितवन लुम्विनीलाई जोड्ने गरि अभियान चलाएका छन् । टोलीले नेपालको कुनै पनि स्थानको पर्यटन बजार छिमेकी पर्यटकीय क्षेत्रसँग समन्वय गरेर मात्र अगाडि वढ्न सक्ने जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पर्यटकीय क्षेत्रको विकासले मात्र देशको अर्थतन्त्रमा टेवा पुग्ने भएकाले प्रचारसंगै पूर्वाधार निर्माणमा जोड दिनु भयो ।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले अनुपम उपहार भएको देशको प्रचार नहुदा विदेशी पर्यटक नेपाल बाहिर गइरहेको बताउनु भयो । पर्यटकीय क्षेत्रमा पूर्वाधार र होटलको व्यवस्था अहिलेको आवश्यकता भएकोमा जोड दिनु भयो । क्षेत्रीय होटल एशोसिएसन सौराहाका अध्यक्ष सुमन घिमिरेले पोखरेली पर्यटन व्यवसायीले अगाडि ल्याउनु भएको अभियानमा चितवनले साथ दिने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पर्यटकीय क्षेत्रको महत्वको बारेमा बोल्नु भएको थियो।
पोखराको पर्यटन व्यवसायमा एक खर्ब बढीको लगानी रहेको छ । ६०० सय भन्दा बढी होटलहरु रहेका छन् । पोखरामा स्वेदशी विदेशी गरी वार्षिक १० लाख पर्यटक भित्रने अनुमान गरेको छ । नेपालको दोस्रो पर्यटकीय गन्तव्य रहेको पोखरामा चितवन पेखरा विमान सञ्चालन हुदै आएको छ । चितवनको सौराहाबाट पोखराका लागि दुइ दर्जन पर्यटक बस सञ्चालनमा छ ।


